नियम १०
इजाजतपत्रवालाको कर्तव्य र शर्त बन्देज
(१) इजाजतपत्रवालाले आफ्नो
इजाजतपत्रलाई चोरी गरिने, बिग्रिने वा अनधिकृत तवरले त्यसको नक्कल गरिनेबाट
बचाउनका लागि हिफाजतसाथ राख्नु पर्नेछ । कुनै इजाजतपत्र बिग्रेमा हराएमा वा
इजाजतपत्रवालाले विस्फोटक पदार्थको काम छोडेमा सो कुराको सूचना सो इजाजतपत्रको
लगत रहेको अड्डामा दिनुपर्नेछ ।
(२) ऐनमा लेखिएका कुराको अधीनमा रही कसैले इजाजतपत्र हेर्न चाहेमा
इजाजतपत्रवालाले आफ्नो इजाजतपत्र देखाउनु पर्नेछ ।
(३) ऐनमा लेखिएका कुराको अधीनमा रही कसैले कुनै विस्फोटक पदार्थ उत्पादन
भइरहेको, राखिएको वा प्रयोग भइरहेको ठाउ“ वा परिवहन भइराखेको वा लाद्ने वा
गिराउने काम भइराखेको कुनै बोझ बाहकलाई निरीक्षण र जा“चबुझ गर्न आएमा
इजाजतपत्रवालाले निजलाई निरीक्षण र जा“चबुझ गर्न दिनु पर्नेछ ।
(४) विस्फोटक पदार्थ वा त्यसको प्रयोगले गर्दा भएको कुनै विस्फोटक आगलागी
वा दुर्घटनाको सूचना स्थानीय अञ्चलाधीश र सबैभन्दा नजिकैको प्रहरी थानामा तुरुन्त
गर्नु पर्नेछ र सो विस्फोटक, आगलागी वा दुर्घटनाको सम्बन्धमा विस्तृत प्रतिवेदन पेश
गर्नुको साथै मागिएको अरु आवश्यक बयान समेत दिनु पर्नेछ । यस्ता अधिकारी वा कुनै
पनि विस्फोटक पदार्थ निरीक्षकलाई घटनास्थलमा निरीक्षण गर्न र जा“चबुझ गर्न दिनु
पर्नेछ ।
(५) कुनै मितिमा आफूले पैठारी गरेको, परिवहन गरेको, खरीद गरेको, बिक्री
वितरण गरेको वा प्रयोग गरेको र आफूसाथ राखेको विस्फोटक पदार्थको प्रकार र
परिमाणको तथा यस्ता विस्फोटक पदार्थहरू कहा“ कहा“ र कस कसबाट पैठारी गरेको हो,कस कसको र कहा“ कहा“ परिवहन गरी दिएको हो, कस कससंग खरीद गरेको हो, कस
कसबाट प्राप्त गरेको हो कुन कुन काममा प्रयोग गरेको हो र कस कसलाई बिक्री
वितरण गरेको वा परिवहनको लागि दिएको हो ती व्यक्तिहरूको नाम वतन र इजाजतपत्र
नम्बर समेत खुलेको विस्तृत यथार्थ लगत राख्नु पर्नेछ ।
(६) उपनियम (५) मा उल्लेख भएको लगतको नक्कल स्थानीय अञ्चलाधीश
समक्ष महिना महिनामा पठाउनु पर्नेछ ।
(७) कुनै अनधिकृत व्यक्तिले कुनै स्टोरेज म्यागजिनमा गैर कानुनी तवरले प्रवेश
गरेमा वा गर्ने प्रयत्न गरेमा वा विना अख्तियार कुनै विस्फोटक पदार्थ चलाएमा,
स्थानान्तर गरेमा वा झिकि लगेमा वा त्यसरी चलाइने, स्थानान्तर गर्ने वा झिकी लैजाने
प्रयत्न गरेमा वा कुनै विस्फोटक पदार्थको चोरी वा नोक्सानी भएमा यस्ता कुराहरू
स्थानीय अञ्चलाधीश समक्ष तुरुन्त सूचना गर्नु पर्नेछ ।
(८) कुनै पनि इजाजतपत्रवालाले मद पिएका वा अरु प्रकारका नशा लागेको वा
पूरा होस नभएका व्यक्तिहरू वा विस्फोटक पदार्थ सकुशल चलाउन बाधा पु¥याउने
किसिमको शारीरिक वा मानसिक विकृति भएका व्यक्तिहरूलाई विस्फोटक पदार्थ
चलाउन, परिवहन गर्न वितरण गर्न वा प्रयोग गर्न वा कुनै म्यागजिन भित्र पस्न दिन
हु“दैन ।